मकवानपुर : नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
शनिबार हेटौंडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तर्गतको जिल्ला प्राविधिक कमिटीको प्रथम भेलाको अवसरमा प्रमुख अतिथि मन्त्री मोक्तानले अबको क्रान्ति विज्ञान र प्रविधिमा आधारित हुनुपर्ने बताइन् ।
भेलामा विशेष अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले उन्नत विचार समाजमा स्थापित गर्नका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्ने बताए । अर्का विशेष अतिथि माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिनले वर्तमान युगमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण भएको बताए ।
भेलामा अनुसन्धानमुलक प्राविधिक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निम्ति प्राविधिक विभाग भन्ने सिद्धान्तअनुरुप अखिल क्रान्तिकारी मकवानपुरले प्राविधिक विभाग गठन गरेको जिल्ला अध्यक्ष बुद्धराज अर्यालले बताए । प्राविधिक विभागको प्रथम भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा ४ सदस्य मनोनीत गर्ने गरी १५ सदस्यीय प्राविधिक विभाग गठन गरेको छ । विभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाईली चयन भएकाछन् ।
भेलामा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिव बीरबहादुर घलान (ज्वाला), प्रदेश कमिटी सचिवालय सदस्य एवम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर, अखिल (क्रान्तिकारी) अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, मकवानपुर जिल्ला उपाध्यक्ष दिपक वाइवा, निरुता पाख्रिन, सचिब छोइसाङ लामा, सहसचिव विजन लटौंला, सुजन सिलवाल, कोषाध्यक्ष अनिल बसेल, वाईसिएल हेटौंडा ५ का अध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला कमिटी पदाधिकारी, सदस्यलगायतको आतिथ्यता रहेको थियो ।