२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

मधेश प्रदेश सभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

shivam cement
२०८२ असोज ४ गते १७:१८
Shares
मधेश प्रदेश सभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

धनुषा : मधेश प्रदेश सभाको बैठक मंगलवार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।

जनकपुरधाममा आज  मधेश प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

मधेश प्रदेश सभाका सबै राजनीतिक दलले संघीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए ।

जेन जेड प्रदर्शनका क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण रु. ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ ।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।

सम्बन्धित खबर