२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

२७ म्यानपावरले दश जना पनि पठाउन सकेनन्

ADV
२०८१ साउन ६ गते ०७:००
२७ म्यानपावरले दश जना पनि पठाउन सकेनन्

काठमाडौं : गत वर्ष ७८ वटा म्यानपावर कम्पनी प्रत्येकले एक हजारभँदा बढी कामदार वैदेशिक रोजगारमा पठाएका बेला २७ वटा म्यानपावर कम्पनीले भने एक वर्षको अवधिमा नौ जनाभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउन सकेनन् ।

गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएकोमा ७८ वटा म्यानपावर कम्पनीले एक हजारभन्दा बढी कामदार पठाएका छन् । तर केही कम्पनीले दश जना पनि पु¥याउन सकेनन् ।

उनीहरू कम्तीमा ५० लाख नगद धरौटी र एक करोड ५० लाख बैंक ग्यारेन्टी राखेर स्थापना भएका कम्पनी हुन् । गत वर्ष एक जना मात्रै पठाउने तीन, दुई जना पठाउने चार, तीन जना पठाउने चार, चार जना पठाउने पनि चार, पाँच जना पठाउने चार, छ जना पठाउने एक, सात जना पठाउने पनि चार, आठ जना पठाउने एक र नौ जना पठाउने तीन वटा म्यानपावर कम्पनी छन् ।

विभागले सार्वजनिक गरेको तथ्यांकमा ९० भन्दा बढी सयभन्दा कम पठाउने ६ वटा म्यानपावर कम्पनी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise