२०८२ असोज ११ गते शनिवार / Sep 27 , 2025 , Saturday
२०८२ असोज ११ गते शनिवार
Ads

राजनीतिबाट अलग भएको छैन : बाबुराम भट्टराई

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते १३:०८
राजनीतिबाट अलग भएको छैन : बाबुराम भट्टराई

काठमाडौँ : नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन् ।

नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पद त्यागेको उल्लेख गर्दै उनले भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु, र भोलि पनि निरन्तर रहनेछु ।”

बिहीबार पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले जेन–जेड युवा आन्दोलनलाई जायज भन्दै समर्थन जनाएका छन् । साथै, उनले आगामी निर्वाचनअघि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । “यदि कारबाही भएन भने, फेरि पनि भ्रष्ट नेताहरू नै निर्वाचित भएर आउँछन्,” भट्टराईको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise