२०८२ असोज ११ गते शनिवार / Sep 27 , 2025 , Saturday
२०८२ असोज ११ गते शनिवार
Ads

जेनजी आन्दोलनमाथि दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते १८:४८
जेनजी आन्दोलनमाथि दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेन–जी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताइन् ।

उनले घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि बताइन् । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले भने, ‘आन्दोलनको क्रममा गोली हानेर युवाहरुको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ भने सयौं उपचाररत छन् । 


ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise