२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका छाड्न पनि नपाउने

shivam cement
मध्यान्ह
२०८२ असोज १२ गते १८:२६
ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका छाड्न पनि नपाउने

काठमाडौं : सरकारले जेन-जी आन्दोलन दमनको घटनामा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच उच्च अधिकारीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जाँचबुझ आयोगको सिफारिसअनुसार यी व्यक्तिहरूलाई विदेश यात्रामा प्रतिबन्ध लगाइएको हो । साथै, उनीहरूलाई गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छाड्नसमेत रोक लगाइएको छ ।

रोक्का सूचीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल रहेका छन् ।

गत २३ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो । आन्दोलनकारीलाई संघीय संसद भवनतर्फ अघि बढ्न नदिन गृह मन्त्रालयले कडा निर्देशन जारी गरेको थियो । सोही निर्देशनअनुसार तत्कालीन सीडीओ छवि रिजालले प्रहरीलाई गोली चलाउन आदेश दिएको बताइएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले भने आफूले गोली चलाउन कुनै निर्देशन नदिएको दाबी गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise