२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

निर्वाचनबाट नयाँ जनमत लिनु अबको पहिलो कार्य : कांग्रेस नेता महर

shivam cement
२०८२ असोज १२ गते २०:३३
Shares
निर्वाचनबाट नयाँ जनमत लिनु अबको पहिलो कार्य : कांग्रेस नेता महर

काठमाडौं : नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनु पहिलो कार्य भएको बताएका छन् ।

मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

आज स्कुल अफ डेमोक्रेसीले ‘वर्तमान संकट र समाधान’ विषयक एक विमर्श कार्यक्रम राखेको थियो । जहाँ बोल्दै नेता महरले अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्ने पहिलो कार्य भनेको निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनु रहेको बताएका हुन्  ।

उनले भनेका छन्, ‘आजको प्रमुख विषय भनेकै अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमले नयाँ जनमत लिने वा संसद पुनःस्थापना गर्ने विषयको राष्ट्रिय संवाद मार्फत निर्क्यौल गर्दै संविधानलाई लिकमा ल्याउनु हो ।’

निर्वाचन हुन नसक्ने अवस्थामा विकल्पको रुपमा संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउन सकिने उनले बताए ।

उनका अनुसार देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको हो । ‘एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन् । अर्कोतिर महँगी र आर्थिक संकटले आम नागरिकको जीवनयापन कष्टकर बनेको छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर हुँदा र आन्तरिक कलहमा फस्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो ।’

सम्बन्धित खबर