२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

एमाले र माओवादीले उद्दारमा जुट्न कार्यकर्तालाई दिए निर्देशन 

shivam cement
२०८२ असोज १८ गते १६:५९
Shares
एमाले र माओवादीले उद्दारमा जुट्न कार्यकर्तालाई दिए निर्देशन 

दुई ठूला वामपन्थी दलहरु नेकपा एमाले र माओवादी केन्द्रले अविरल वर्षाबाट प्रभावित सर्वसाधारणको उद्दार र सहायतामा जुट्न पार्टी पङितलाई निर्देशन दिएका छन् । 

एमाले महासचिव शङ्कर पोखरेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार छुट्टाछुट्टै अपिल जारी गर्दै सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका हुन्। पोखरेलले जनसुरक्षालाई प्राथमिकता दिई सरोकारवाला  राज्यका  निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिएका छन्। उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ  विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरेका छन्। 

“यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु”, उनले भनेका छन्। 
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गरेका छन् । साथै, तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दै पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिएका छन् । 

सम्बन्धित खबर