नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्न भोलि आइतबार बस्ने भनेको सचिवालय बैठक अविरल वर्षाका कारण स्थगित गरेको छ । बैठक असोज २४ गतेलाई सारिएको छ ।
असोज १९ र २० गते सचिवालय बैठक बस्ने भनिएको थियो । गत आइतबार बसेको बैठकमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे छलफल भए पनि विस्तृत समीक्षा गर्न बाँकी नै छ । आइतबारको सचिवालय बैठकमा त्यसबारे समीक्षासँगै पार्टी पुर्नगठन, नेतृत्व हस्तान्तरण र ११ औं महाधिवेशनको मितिबारे छलफल हुने बताइएको थियो । प्रतिकुल परिस्थितिका कारण बैठक चार दिनपछि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।
बैठकमा जेनजी आन्दोलनपछि विकसित परिस्थिति, केन्द्रीय कमिटीमा पेस हुने प्रतिवेदन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।