२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

महेश बस्नेतको चुनौती- 'मलाई पक्राउ गरेर देखाउनुस्'

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते १२:४३
महेश बस्नेतको चुनौती- 'मलाई पक्राउ गरेर देखाउनुस्'

काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् ।

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनका नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि प्रहरीमा जाहेरी दिने बताए । 

उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस् ।'

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरेको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise