२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

मधेशमा नयाँ सरकार गठनका लागि तीन दलको संयुक्त दाबी पेस

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते १८:४३
मधेशमा नयाँ सरकार गठनका लागि तीन दलको संयुक्त दाबी पेस

जनकपुरधाम : मधेश प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री पदका लागि अघि सारिएको छ ।

बुधबार बसेको संयुक्त बैठकपछि तीनै दलका शीर्ष नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो ।

एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो ।

नेकपा एमालेले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । साथै, सरकारमा रहेका आफ्ना चार मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा भने दिएका छैनन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise