२०८२ असोज २३ गते बिहिवार / Oct 09 , 2025 , Thursday
२०८२ असोज २३ गते बिहिवार
Ads

भक्तपुरमा एमालेको विशेष कार्यक्रम, केपी शर्मा ओलीले सम्बोधन गर्ने

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते १०:०१
भक्तपुरमा एमालेको विशेष कार्यक्रम, केपी शर्मा ओलीले सम्बोधन गर्ने

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको ‘विशेष कार्यक्रम’लाई सम्बोधन गर्ने भएका छन् । 

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्य विनायक नगरपालिका-७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो । समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन् ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरू पनि सहभागी हुने बताइएको छ । जेन जेड युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्व प्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise