२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते ०८:११
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । 

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार, बिहीबारको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ ।

‘मूलभूत रूपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ । यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ । यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ बैठकपछि महतले भने ।

यस्तै, आगामी २६ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise