२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेको सचिवालय बैठक शुरु

shivam cement
२०८२ असोज २४ गते १२:२६
Shares
एमालेको सचिवालय बैठक शुरु

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो ।

बैठकमा केन्द्रीय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद् पुनर्स्थापनालगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेको केन्द्रीय कमिटीको बैठक असोज २६ देखि २९ गतेसम्म बोलाइएको छ ।

साथै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक धारणाबारे पनि सचिवालय बैठकले स्पष्ट पार्नेछ ।

नेकपा एमालेले संसद् पुनर्स्थापना हुनुपर्ने माग राखेको छ । नेपाली कांग्रेससँग समन्वय गरेर संसद पुनर्स्थापनाको प्रक्रिया अघि बढाइने एमालेको भनाइ छ । कांग्रेसले पनि संसद् विघटन असंवैधानिक रहेको बताउँदै आएको छ ।

सम्बन्धित खबर