काठमाडौं : निर्वाचन कार्यालयमा फागुनमा घोषणा भएको निर्वाचनका लागि मतदाता नामावलीमा दर्ता हुनका लागि मानिसहरुको भिड लागेको छ ।
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारि गरेसँगै मतदाताको भिड बढेको हो ।
निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ । फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ।
निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरस्थित जिल्ला निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।