२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

देशको स्वाधीनता र लोकतान्त्रिक मूल्यमान्यतामाथि अभूतपूर्व चुनौती : प्रचण्ड

Nada
२०८२ असोज २४ गते १३:४५
Shares
देशको स्वाधीनता र लोकतान्त्रिक मूल्यमान्यतामाथि अभूतपूर्व चुनौती : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालले इतिहासकै जटिल राजनीतिक संकट र वैदेशिक दबाबको सामना गरिरहेको बताएका छन् ।

देशको स्वाधीनता र लोकतान्त्रिक मूल्यमान्यतामाथि अभूतपूर्व चुनौती रहेको उल्लेख गर्दै उनले यस्तो परिस्थिति विगतका पुस्ताहरूले नभोगेको दाबी गरे ।

शुक्रबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रियता र स्वतन्त्रताको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र प्रेसजगतबीच ऐतिहासिक एकताको आवश्यकता रहेको बताए । 

प्रचण्डले हालैको जेनजी आन्दोलनले संविधानको कार्यान्वयन र प्रभावकारिताको समीक्षा गर्नुपर्ने मुद्दालाई थप बल दिएको उल्लेख गरे । 

उनले संविधानमा आवश्यक सुधारका लागि सबै पक्षसँग विमर्श र सहमति आवश्यक रहेको बताए ।


ताजा खबर

सम्बन्धित खबर