२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनोट विधिका लागि रास्वपाद्वारा सुझाव कार्यदल गठन

Nada
२०८२ असोज २४ गते १७:४०
Shares
प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनोट विधिका लागि रास्वपाद्वारा सुझाव कार्यदल गठन

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी २१ फागुनमा हुने प्रतिनिभि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिको लागि सुझाव संकलन कार्यदल गठन गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि समेतच रहनेगरी सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोविता गौतमले जानकारी दिए । उनकाअनुसार बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवद्र्धनका लागि विभिन्न सामाजिक, राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न गठित संवाद समितिको संयोजकको जिम्मेवारी पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ ।

बैठकले पार्टी केन्द्रिय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने र त्यसको लागि केन्द्रीय सदस्य हरी ढकालको नेतृत्वमा व्यवस्थापन समिति गठन गर्ने  निर्णय गरेको पनि गौतमले बताए । 

बैठकले असोजको तेस्रो  साता आएको विपद्को प्रतिकार्य, राहत र उद्धारमा भएको प्रशंसनीय कार्यका लागि धन्यावाद दिँदै पार्टीको तर्फबाट थप सक्दो प्रयास गर्ने निर्णय भएको पनि उनको भनाइ छ । उनकाअनुसार पार्टीले सल्लाहकार परिषद् गठनको प्रक्रिया सुरु गर्दै विभिन्न विज्ञहरु लाई मनोनित समेत गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर