२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः ओली

shivam cement
२०८२ असोज २९ गते १२:५९
Shares
एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः ओली

काठमाडौंः नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिएका छन् ।

बुधवारबाट ललितपुरको जावलखेलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी समेत गरे । उनले मुलुकमा अगुवाई गर्न सक्षम पार्टीको रुपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर समेत गरे  । 

अध्यक्ष ओलीले भने,‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कम्जोर हुन्छ छन्ने पुष्टि भयो ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेको समेत बताए ।  

सम्बन्धित खबर