२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

समाजवादीका नेताहरुलाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले बनाएकै पार्टीमा आउनुस्

shivam cement
२०८२ असोज २९ गते १३:४१
Shares
समाजवादीका नेताहरुलाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले बनाएकै पार्टीमा आउनुस्

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गरेका छन् ।

बुधवारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले जानु परेको भएपनि अब फर्किने बेला भएको बताए ।

सबै मिलेर नेकपा एमाले पार्टी निर्माण गरेको भन्दै अध्यक्ष ओलीले पार्टी निर्माणमा गरेको योगदान स्मरण गरेर मूल घरमा फर्किन आग्रह गरे । समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बसिरहेको भन्दै आफैँले बनाएको पार्टी हुँदाहुँदै आश्रय खोज्दै नहिँड्न आग्रह गरे । 

एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने समाचार आइरहेका छन् । माओवादी नेताहरुले यसबारे पदाधिकारी बैठकबाटै निर्णय गरेर पार्टी एकताको प्रयास जारी रहेको बताइसेका छन् । कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्नु क्षणिक हुने टिप्पणी गरे । अहिले पनि एमाले साढे ६ लाख सदस्य, २३ वटा महासंघ भएको पार्टी रहेको दाबी गरे । अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ एकता हुनुपर्ने बताए । अफ्ठ्यारो र असहज परिस्थितिमा सबै मिलेर काम गर्नुपर्ने बताए ।  
 

सम्बन्धित खबर