२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

इलाभेन स्टार फाइनलमा

shivam cement
बिन्द्र राई
२०८२ असोज २९ गते १९:४७
इलाभेन स्टार फाइनलमा

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगितामा इलाभेन स्टार बोक्से फुटबल समूह फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा इलाभेन स्टारले आयोजक बगहा युवा समूहलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको इलाभेन स्टारका रितेश तामाङले खेलको पहिलो हाफको आठौं मिनेटमै टोलीका लागि पहिलो गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको २२औं मिनेटमा योगेश विष्टले गोल गर्दै अन्तर दोब्बर बनाए ।

अतिरिक्त समयको चौथो मिनेटमा रवि शंकर चौधरीले तेस्रो गोल थपे भने ३६औं मिनेटमा समिर राणा मगरले अन्तिम गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

सारै दबाबमा खेलेको आयोजक बगहा फुटबल समूहले अवसर उपयोग गर्न नसक्दा घरेलु मैदानमै लज्जास्पद हार बेहोर्नुपर्‍यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने इलाभेन स्टारका रितेश तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो सेमिफाइनल खेल गाईघाट युनाइटेड फुटबल समूह र नेपालटार आदर्श फुटबल समूहबीच हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise