२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

एसियाली खेलकुद : टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

Nada
२०८३ असोज ११ गते १५:५१
Shares
एसियाली खेलकुद : टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

काठमाडौं : जापानको आइची–नागोयामा  जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी सुरुवात गरेको छ ।

ncell

हिगाशियामा पार्क टेनिस सेन्टरमा आज भएको पुरुष डबल्सको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मंगोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई ६–२, ४–६ र १४–१२ अंकले पराजित गरेको हो ।

बास्तोला र खड्काको जोडीले पहिलो सेट सहजै आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट मंगोलियाली जोडीले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । अन्तत: बास्तोला र खड्काको जोडी उक्त सेट आफ्नो पक्षमा पार्दै विजयी भयो ।

यो जितसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । अब उक्त जोडीले क्वार्टरफाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ । 

ताजा खबर

सम्बन्धित खबर