२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

एसियन गेम्समा अफगानिस्तान १०२ रनमै सीमित, नेपाललाई १०३ रनको लक्ष्य

Nada
२०८३ असोज ९ गते १२:५३
Shares
एसियन गेम्समा अफगानिस्तान १०२ रनमै सीमित, नेपाललाई १०३ रनको लक्ष्य

काठमाडौँ : एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसामु प्रभावशाली बलिङ प्रदर्शन गर्दै १०२ रनमै सीमित गरेको छ ।

ncell

निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो। अब नेपालले जितका लागि १०३ रन बनाउनुपर्नेछ ।

अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए । नान्गेलिया खान १७ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले तीन विकेट झारे । नेपाली बलरको प्रभावकारी प्रदर्शनका कारण अफगानिस्तान ठूलो योगफल बनाउनबाट रोकिएको हो ।

नेपालले १०३ रनको लक्ष्य पछ्याइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर