२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

गौरमा बालबालिकाको उत्थानशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज २९ गते २१:३९
गौरमा बालबालिकाको उत्थानशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

रौतहट : सदरमुकाम गौरमा बालबालिकाको उत्थानशीलता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री पूर्वसूचना प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत दुर्गाभगवती गाउँपालिका स्तरीय सरोकारवालाहरूलाई लक्षित गर्दै जि–मार्टको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको उत्थानशीलता अभिवृद्धि, सामाजिक तथा व्यवहार परिवर्तन, जलवायु कार्यको मोडेलिङ र सामुदायिक संलग्नता तथा सामाजिक परिचालन सुदृढीकरणमा सहयोग पु¥याउनु रहेको थियो । 

सहजकर्ता मधु सूदन गौतमले बालमैत्री पूर्वसूचना प्रणाली सुदृढीकरणका लागि स्थानीय सरकार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।

दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले गाउँपालिकाले बालमैत्री नीति र कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले स्थानीय कार्यदललाई थप क्षमता प्रदान गर्न मद्दत पुग्ने बताए ।

कार्यक्रम पिपुल प्रमोशन सेन्टरको आयोजनामा, युनिसेफको सहयोग तथा दुर्गाभगवती गाउँपालिकाको समन्वयमा सम्पन्न भएको थियो । विभिन्न वक्ताहरूले बालबालिकाको हितका लागि स्थानीय तहमा सशक्त पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise