२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

shivam cement
२०८२ असोज ३० गते ०७:४३
Shares
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ  : नेकपा (एमाले)केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरु हुनेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् । बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर