२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, यी हुन् सम्भावित मन्त्री !

shivam cement
२०८२ कार्तिक ९ गते ०९:५९
Shares
आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, यी हुन् सम्भावित मन्त्री !

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । बालुवाटार स्रोतका अनुसार उनको मन्त्रिपरिषद्‌मा पर्यटन, स्वास्थ्य, खेलकुद र श्रमसहित चार नयाँ मन्त्री थपिने भएका छन् ।

स्रोतका अनुसार गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने तयारी भएको छ ।

यी चार नयाँ मन्त्री थपिएपछि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ १२ सदस्यीय बन्नेछ । यसअघि मन्त्रिपरिषद्‌मा ८ जना मन्त्री रहेका थिए ।

हालको मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री कार्कीसहित कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री र जगदीश खरेल सूचना तथा सञ्चार मन्त्री रहेका छन् ।

सम्बन्धित खबर