२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

नर्सहरू आन्दोलित

shivam cement
२०८२ कार्तिक १४ गते १२:२७
नर्सहरू आन्दोलित
निजामती कर्मचारी अस्पतालका नर्सहरू आन्दोलनमा

काठमाडौं : निजामती कर्मचारी अस्पतालका नर्सहरूले पनि आन्दोलन सुरु गरेका छन् । शुक्रबार काठमाडौंको मिनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरूले उचित पारिश्रमिक दिनुपर्नेलगायतका नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

न्यूनतम सेवा र सुविधाबाट वञ्चित नगर्न माग गर्दै सो संघले जारी राखेको आन्दोलनमा आफूहरूले पनि धर्नामार्फत ऐक्यवद्धता जनाएको बताएका छन् । उनीहरूले योग्यता र अनुभवको आधारमा आफूहरूलाई सेवा दिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । 

आन्दोलनरत एक नर्सले भनिन्, ‘चौबिसै घण्टा सेवा दिने हामीहरू आवश्यक सेवा लिनबाट वञ्चित छौं । र जुन माग नेपाल नर्सिङ संघले मागेको छ नेपाल सरकारसँग । सबैलाई आवश्यक सेवा सुविधा हुनुपर्छ भनेर । त्यही मागलाई हामीले पनि धर्नामार्फत साथ दिएका हौँ ।’ 

बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरूले श्रमको उचित मूल्यांकन गर, योग्यता र अनुभवकोअनुसार पारिश्रमिक कायम गर, जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर भन्ने प्लेकार्डसहित धर्नामा बसेका थिए ।

नेपाल नर्सिङ संघको आह्वानमा देशभर नर्सहरूले आफूहरूको न्युनतम सेवा, सुविधाको तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राखि देशभर विरोध प्रदर्शन गर्दै आएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर