२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

हज २०२६ का लागि नेपाल र साउदी अरबबीच सम्झौता

shivam cement
अन्जान गुभाजु
२०८२ कार्तिक २५ गते ०७:४८
Shares
हज २०२६ का लागि नेपाल र साउदी अरबबीच सम्झौता

रियाद, साउदी अरब : हज २०२६ (१४४७ हिजरी) का लागि नेपाल सरकार र साउदी अरबको हज तथा उमरा मन्त्रालयबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

सम्झौतासँगै आगामी हजमा नेपालबाट सहभागी हुने हज यात्रुहरूको व्यवस्थापन, कोटा, आवास, यातायात र सेवासम्बन्धी प्रारम्भिक कार्ययोजना सुनिश्चित गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा दुबै देशका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। साउदी पक्षबाट डॉ. अब्देलफत्ताह बिन सुलेमान मशात, उपमन्त्री, हज तथा उमरा मन्त्रालय उपस्थित थिए भने नेपाल पक्षबाट नेपाल हज समितिका अध्यक्ष मोख्तार अहमद सहभागी थिए।

सम्झौतामा आगामी हज यात्रुहरूको सुरक्षा, आवास व्यवस्थापन, खानपान, स्वास्थ्य सेवा तथा यातायातको समन्वयलाई विशेष प्राथमिकता दिने सहमति भएको छ।

अध्यक्ष मोख्तार अहमदले भने, “यो सम्झौता नेपाली हज यात्रुहरूका लागि सेवा र व्यवस्थापन थप सहज, व्यवस्थित र सुरक्षित बनाउने दिशामा महत्वपूर्ण पर्नेछ।”

साथै, हज २०२६ का लागि यात्रु दर्ता, तालिम, उडान तालिका तथा समूह व्यवस्थापनसम्बन्धी थप विवरण छिट्टै सार्वजनिक गरिने नेपाल हज समितिले जनाएको छ।

ताजा खबर

सम्बन्धित खबर