२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीबाट बच्न अनुरोध

shivam cement
भरत प्रधान
२०८२ कार्तिक २७ गते ११:५५
Shares
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीबाट बच्न अनुरोध

पोर्चुगलः पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ ।

दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको जनाउँदै कामदार भिसाका नाममा हुने ठगीबाट बच्न र प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी गर्ने प्रयास भइरहेको उल्लेख गर्दै दूतावासले यस्ता गैरकानुनी गतिविधिमा नलाग्न र नगर्न चेतावनी दिएको छ । साथै, कसैको बहकाउ र प्रलोभनमा नपर्न आग्रह गर्दै दूतावासले  आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

"पोर्चुगल सरकारबाट २३ अक्टोबर २०२५ देखि लागू हुने गरी उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको परिप्रेक्षमा अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरुलाई पोर्चुगलमा काम लगाईदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भइरहेको बुझिएको छ । यसर्थ यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ," विज्ञप्तिमा भनिएको छ ।

कामदार भिसा बन्द गरिसकेको अवस्थामा त्यस किसिमका भिसा प्रयोग गरी कोही पनि आउन नपाउने स्पष्ट पार्दै दूतावासले पोचुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट बच्न सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर