२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

कटहरीको कृषि भवनमा सर्‍यो कोशी प्रदेश सभा सचिवालय

shivam cement
प्रवेश बिष्ट
२०८२ कार्तिक २७ गते ११:५८
Shares
कटहरीको कृषि भवनमा सर्‍यो कोशी प्रदेश सभा सचिवालय

विराटनगर : कोशी प्रदेश सभा सचिवालय मोरङको कटहरी गाउँपालिकास्थित कृषि बजारको भवनमा सरेको छ । जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट विराटनगरमा रहेको सचिवालय भवन जलेर नष्ट भएपछि कृषि भवनमा सारिएको हो ।

कोशी प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार नयाँ भवनमा सभामुख, उपसभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्षसमेत तयार पारिएको छ । सचिवालय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

अब यहीबाट प्रदेश सभा सचिवालय र प्रदेशसभा सञ्चालन हुने छ । ढकालले उक्त भवन प्रदेश सभाका लागि अस्थायी रूपमा प्रयोग गरिने जानकारी दिए ।

कोशीका सभामुख अम्बरबहादुर बिष्टले तरकारी बजारको भवनबाट व्यवस्थित रुपमा प्रदेशसभा सञ्चालन हुने र चाँडै प्रदेश सभा बैठक बस्ने जानकारी दिए । बिष्टले दलका प्रतिनिधि र सरकारसँग समन्व्य गरेर बैठक बोलाउने बताए । 

यसअघि सरकारले विराटनगरमा रहेको वीरेन्द्र सभा गृहबाट प्रदेश सभा सञ्चालन गर्ने तयारी गरे पनि महँगो भाडाका कारण कटहरीको कृषि भवनमा सारिएको हो । 

कोशी प्रदेश सभा सचिवमा खड्का नियुक्त

लामो समयदेखि सचिवबिहीन रहेको कोशी प्रदेश सभाले करिब नौ महिनापछि नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।

खड्कालाई कोशीका सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिवमा नियुक्त गरेका हुन् । खड्कालाई प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर