२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

खापुङलाई स्थानहद

shivam cement
जानकी पाठक
२०८२ कार्तिक २८ गते ०६:२५
Shares
खापुङलाई स्थानहद

काठमाडौं : जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका पूर्वआइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ । साथै खापुङले उपत्यका छाड्नसमेत अनुमति लिनुपर्ने भएको छ ।

२७ कात्तिकबाट अवकाश पाएका खापुङलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले विदेश जान रोक लगाउने निर्णय गरेको हो । जेनजी पुस्ताको आन्दोलनका घटनाबारे जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको थियो । 

उक्त आयोगल यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयप्रति एमालेले आपत्ति जनाएको छ । सरकारले नेताहरूलाई स्थान हद तोक्ने र पासपोर्ट रोक्ने निर्णय गरेर चुनाव नगराउन लागेको एमालेको निष्कर्ष छ । ओलीले उक्त निर्णयपश्चात् जाँचबुुझ आयोग नै गैरकानुुनी भएको भन्दै त्यस्ता आयोगमा सोधपुछका लागि बोलाइए पनि नजाने बताएका छन् ।  

समितिले ओली र लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान रोक लगाउन र काठमाडौं छोड्दा अनुमति लिने व्यवस्था गर्न सिफारिस गरेको हो ।  जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेकाले  विदेश भ्रमण रोक लगाउन सिफारिस गर्ने निर्णय गरेको बताएको छ । तर आयोगले बहाल रहेको अवस्थामा प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान प्रमुुखलाई केही भन्न सकेको थिएन । अनुसन्धान प्रमुखको अवकाशपछि मात्रै हुतराजलाई रोक लगाउने निर्णय लिएको थियो ।  

उनीहरूलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।  

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा परी हालसम्म प्रदर्शनकारी, सुरक्षाकर्मी र सर्वसाधारण गरी ७४ जनाको ज्यान गएको थियो । सो घटनामा राज्यद्वारा बल प्रयोग गरिएको भन्दै निष्पक्ष छनबिनका लागि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पूर्वआइजिपी खापुङलाई स्थानहदको तोक्दा अर्को सुरक्षा निकाय सशस्त्र प्रहरीको नेतृत्वलाई भने छोएको छैन । आयोगको विरोधाभास निर्णयप्रति आमटिप्पणी भइरहेको छ ।  

ADV

सम्बन्धित खबर