
काठमाडौँ : फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन रहेको आयोगले जनाएको छ ।
दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता भएको मितिलगायत आवश्यक कागजात पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।