
काठमाडौं : सामाजिक रूपान्तरणका लागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाँचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सामाजिक रूपान्तरणको क्षेत्रमा विगत १९ वर्षदेखि अविछिन्न रूपमा क्रियाशील नागरिक समाजले सम्मान तथा अवार्ड कार्यक्रममार्फत समाजका विविध क्षेत्रका प्रतिभा, श्रष्टा तथा योगदानकर्तालाई उचित सम्मान प्रदान गर्दै आएको उल्लेख गरिन् ।
संस्थाका अध्यक्ष यामबहादुर जिसीको सभापतित्व तथा पनाह अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ शिक्षाविद् प्रा.डा. चिरञ्जिवी शर्मा, वरिष्ठ व्यवसायी तथा समाजसेवी दीपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बद्री रिजाल, जन चेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीलगायतका विशिष्ट व्यक्तित्वहरूको विशिष्ट आतिथ्यता रहेको थियो ।
यसै अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ बाट सम्मान गरिएको छ । सामाजिक न्याय, जनचेतना अभिवृद्धि तथा तथ्य–सूचना प्रवाहमा खड्काको योगदान उच्च प्रशंसनीय रहेको भन्दै संस्थाले विशेष सम्मानले विभूषित गरेको हो ।
कार्यक्रममा अध्यक्ष जिसीले सामाजिक रूपान्तरणका लागि नागरिक समाजले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । संस्थाका सल्लाहकारहरू डा. सुन्दर थापा, मनोहरी कँडेल, डा.मनोरदिन सैयद, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी, याम श्रेष्ठको उपस्थितिमा समाज डेन्टल हस्पिटल तथा सामाजिक रूपान्तरणका लागि नागरिक समाजबीच स्वास्थ्य शिविर सञ्चालनका लागि सम्झौता समेत गरिएको थियो ।
वरिष्ठ चिकित्सक डा.सुभास घिमिरे, वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, वरिष्ठ व्यवसायी तथा समाजसेवी, दीपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, वरिष्ठ पर्यटन व्यवसायी डा. धनन्जय रेग्मीलाई विशिष्ट व्यक्तित्व सम्मान प्रदान गरिएको थियो ।