
काठमाडौंः नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्ले ख गरे । क्रिकेट स्टेडियम तीब्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनले बताए ।
शहरी विकासमन्त्री कुलमान घिसिङले आइतवार साँझ स्तरोन्नती गरिएको त्रिवि मैदानको उद्घाटनसँगै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए । क्रिकेट संघको अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासम्मले नैतिक हिसावले कुलमानको उद्घाटनलाई व्यङ्ग्य हुनेगरी व्यङ्ग्य हुनेगरी वक्तव्य दिएको बस्नेतको दाबी छ ।
उनले हरेक विकास निर्माणमा नेकपा एमाले र केपी ओलीको याद आउने पनि दाबी गरे । उनले सोमवारबाट नेपालमा हशुरु भएको एनपिएल क्रिकेट खेलको जगतमा निकै महत्वपूर्ण भएको पनि बताए । क्रिकेट खेल हेर्ने दर्शकलाई कीर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेनुपर्ने बाध्यता अब अन्त्य भएको उनको भनाइ छ ।
उनले कतिपय साहित्यकारहरुले ओली याद आउने चिजहरु सबै भत्काइदेउ भनेर व्यङ्ग्यात्मक कविता नै लेखेको उल्लेख गरे । उनले धरहरा, रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको बताए । उनले केपी ओलीको विरुद्धमा विदेशी शक्तिहरुले लगानी गरेको दाबी गरे ।