२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

संखुवासभा अस्पतालमा पहिलोपटक नलिमा बसेको गर्भको सफल शल्यक्रिया

shivam cement
२०८२ मंसिर १ गते २०:३५
Shares
संखुवासभा अस्पतालमा पहिलोपटक नलिमा बसेको गर्भको सफल शल्यक्रिया

संखुवासभा : जिल्ला अस्पताल संखुवासभामा पहिलोपटक नलिमा बसेको गर्भको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।

भोटखोला–४ की ३७ वर्षीया याङजेन भोटे आइतबार बिहान तल्लो पेटमा तीव्र पीडा भएपछि अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो । अल्ट्रासाउन्ड जाँचमा ६ हप्ता ४ दिनको गर्भ पाठेघरमा नभई बायाँतर्फको फलोपियन ट्युब (नलि)मा बसेको पुष्टि भएपछि तुरुन्तै शल्यक्रिया गर्ने निर्णय गरिएको हो । 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सन्तोष साहको नेतृत्वमा एएसबिए डा.प्रदीप श्रीवाल, एनेस्थेसियोलोजिष्ट डा. प्रियंका दाहाल, स्क्रब नर्स सिर्जना नेपाली, प्रतिमा कार्की, एनेस्थेसिया सहायक कमलराज ओली, सारङ्गा लिम्बु तथा ओटी सहायक तारा गिरीको टोलीले शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रिया गर्दा रोगीको पेटभित्र करिब साढे १ लिटर जति रगत जमेको अवस्था भेटिएको थियो । ‘समयमै शल्यक्रिया नगरिएको भए बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्थ्यो,’उपचारमा संलग्न चिकित्सक डा.साहले भने । 

संखुवासभा अस्पतालका निमित्त प्रमुख डा.विकास आचार्यका अनुसार यो सफल शल्यक्रियाले जटिल प्रसूति सेवाप्रति स्थानीयस्तरमै विश्वास बढाउनेछ । जिल्ला अस्पतालका तथ्यांक अनुसार संखुवासभामा वार्षिक १५ सयभन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् ।

सम्बन्धित खबर