
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताएका छन् ।
विघटित प्रतिनिधिसभाका एमाले सम्बद्ध सदस्यहरूको बैठकमा आज उनले संसद् पुनर्स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताए ।
बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संकटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्ने सबैले बुभ्mनुपर्नेमा जोड दिए । पार्टीका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।