२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

जसपाले नेकपासँग एकता गर्ने 

shivam cement
२०८२ मंसिर २ गते २२:०३
Shares
 जसपाले नेकपासँग एकता गर्ने 

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता गर्ने भएको छ । 

अशोक राई नेतृत्वको जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपासँग एकताका लागि पहल गर्ने पार्टी उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । एकताका लागि शीर्ष नेतृत्वबीच वार्ता भइरहेको बस्नेतले बताए । 

उनले भने, ‘हामीले नेकपासँग एकताका लागि वार्ता गर्ने भयौं तर त्यसअघि हाम्रो पार्टीमा गम्भीर छलफल हुन्छ । सहमति भएपछि एकताको घोषणा हुन्छ ।’

राई नेतृत्वको जसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएको थियो । 

ADV

सम्बन्धित खबर