
काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरिएको छ ।
भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार यो सचिवालय बैठकले आसन्न महाधिवेशन सम्बन्धी निर्णय गर्नेछ ।
‘भोलिको बैठकमा आसन्न महाधिवेशको तयारी र उपसमिति गठन हुनेछ,’ गौतमले भने, ‘संगठन विभाग र संसदीय दलको बैठक प्रायः बस्ने गरे पनि सचिवालय बैठक जेनजी आन्दोलन पश्चात् पहिलोपटक बस्न लागेको हो ।’
एमाले सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।