२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

४० वर्षमुनिका युवाले थाले कांग्रेस सुधार अभियान

shivam cement
२०८२ मंसिर ३ गते २०:५८
Shares
४० वर्षमुनिका युवाले थाले कांग्रेस सुधार अभियान

काठमाडौं : नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसमा आस्थावान ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै आज १०१ सदस्यीय कांग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरेका हुन् ।

पार्टीभित्र आमूल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको नेपाल विद्यार्थी संघका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिए । 

उक्त समितिले खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेद्वार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गराउनसमेत माग गरेको छ । पाटीभित्र विधानको संशोधन, लोकतन्त्रको संरक्षण, संवर्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुवाती चरणमा प्रतिनिधिमूलक रूपमा समिति गठन गरिएको रिमालले बताए ।

ADV

सम्बन्धित खबर