२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस बैठक फेरि सर्‍यो

shivam cement
२०८२ मंसिर ४ गते ११:५८
Shares
कांग्रेस बैठक फेरि सर्‍यो

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक फेरि सरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मंसिर ६ गते शनिबार दिउँसो १ बजे बस्ने भएको छ । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

यसअघि ३० कात्तिकमा सूचना जारी गर्दै १ मंसिरमा बोलाइएको बैठक स्थगित गरिएको थियो, जुन फेरि आजका लागि सारिएको थियो ।

सम्बन्धित खबर