२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

सिमरामा उत्पन्न तनाव शान्त नभएपछि प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद्को बैठक

shivam cement
२०८२ मंसिर ४ गते १४:३२
Shares
सिमरामा उत्पन्न तनाव शान्त नभएपछि प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न तनावपूर्ण अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । 

बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित परिषद् सचिवालयमा बस्नेछ । 

सिमरा विमानस्थलमा बुधबार जेनजी युवाहरूले गरेका तोडफोड र सडकमा भएको आगजनीपछि हिजो साँझ र आज बिहान समेत सुरक्षा अधिकारीबीच छुट्टाछुट्टै छलफल भएका छन् । 

अवस्था पुनः तनावग्रस्त बन्दा आज फेरि कर्फ्यु जारी गरिएको छ । घटनापछि शान्ति–सुरक्षा सुदृढ गर्न राष्ट्रिय मानव अधिकार आयोगले पनि ध्यानाकर्षण गराएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर