काठमाडाैं : पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायक प्रदीप लामाले स्वरमा साथ दिएकाे छ ।
शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको संगीत रहेको छ । जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायांकन गरिएकाे छ । राज किङ वाइबाले कोरियोग्राफी गरेको उक्त भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय रहेकाे छ । रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies