२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

बृहत् रक्तदान कार्यक्रमको तयारी पूरा

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर ४ गते १९:२९
Shares
बृहत् रक्तदान कार्यक्रमको तयारी पूरा

दोहा, कतार : कतारमा रहेका बाग्लुङहरूको सामाजिक संस्था बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको संयुक्त आयोजनामा भोलि हुने बृहत् रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ ।

'रक्तदान, जीवनदान' भन्ने मूल मन्त्रसहित नेपाली रक्तदाता संघ, कतारको समन्वयमा सम्पन्न हुन लागेको रक्तदानको तयारी पूरा भएको समाजका अध्यक्ष नीराजन गौतमले मध्यान्ह दैनिकलाई जानकारी दिए । 

रक्तदान केवल परोपकारी मात्र नभइ जीवन बचाउने महान् कार्य भएको हुँदा कतारमा रहेका नेपालीलाई भोलि शुक्रबार अलसाद स्थित हमाद हस्पिटलको नेसनल ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे उपस्थित हुन समाजले आग्रह गरेको छ । 

रक्तदाता रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी, ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य हुनुपर्नेछ । रक्तदाता कतार प्रवेश गरेको ४ महिना पुरा भएको हुनुपर्नेछ भने रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६० दिन) पुरा भएको हुनुपर्नेछ । यस्तै रक्तदाता कम्तीमा ८ घण्टा सुतेको, कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घण्टाभित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ । साथै रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी सम्म हुनुपर्नेछ ।

ADV

सम्बन्धित खबर