– अल्पविराम
१.जानेहरू गए पछि रुवाई रुवाई के फरक पर्छ ।
सम्झेर विगतहरु अनि मुस्कुराई के फरक पर्छ ।
जुन मान्छे दिलमै बसेर पनि जिन्दगीमा छैनन्,
उसैको नाम नसा नसामा बगाई के फरक पर्छ ।।
२. भयौं तिमि पनि जुन चुम्ने दिलको रोजाई जस्तो ।
छैन जिन्दगीमा कहिल्यै सपनाको मुस्कुराई जस्तो ।
यति कमसल रहेछ नि मेरो किस्मत को रेखा पनि,
लेखेर पनि मेट्न मिल्ने पेन्सिलको लेखाई जस्तो ।।
३. रहर हुँदा हुँदै पनि यो मन दिन त्यस्तै भइदियो ।
चाहेर पनि म तिम्रो हुन सकिन त्यस्तै भइदियो ।
दिलमा धड्कियौं इन्द्रेणी झैँ आँखैमा रङ्गियौ तर,
यार यी हातको सिन्दुरले रंगीन त्यस्तै भइदियो ।।
४. तिमि नहुँदा मात्र मेरो सपनाहरुको बगान गुमेछ ।
अनि लाग्छ भुत भविष्य सँगसँगै वर्तमान गुमेछ ।
जब तिमी बिना जिउनु भन्दा मृत्यु सहज लाग्यो,
प्रिया मेरो जिन्दगी को महत्वबाट चिहान गुमेछ ।।
५. बाटोमा भेटेकाहरु बाटोमै छुट्टिन्छन् मान्दै मान्दैन ।
जति नै सम्झाए बुझाए पनि यो मन मान्दै मान्दैन ।
चित्तामा सँगै जल्ने बाचा जस्ले सिन्दुरसँग साटि,
अझै उसैको प्यार चाहान्छ धड्कन मान्दै मान्दैन ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies