२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सहकारी पीडितले अपचलन भएको बचत फिर्ता पाउनुपर्छ : गगन थापा  

ADV
सरु भुसाल
२०८१ जेठ २४ गते २०:४३
सहकारी पीडितले अपचलन भएको बचत फिर्ता पाउनुपर्छ : गगन थापा  

प्यूठान : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका जोकोही भएपनि छानबिनको दायरामा आउने बताएका छन् । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश सदस्य निमा गिरिकी आमा नेत्र कुमारी गिरिको १० औं दिनको पुन्य तिथिमा पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न झिमरुक-७ प्यूठान पुगेका महामन्त्री थापाले विजुवारमा कांग्रेस अगुवा नेता  कार्यकर्ताहरुसँगको भेटमा संसदलाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि संसदीय विशेष समितिले बोलाएर  बयान लिनेमा आफूहरू ढुक्क रहेको बताए । 

महामन्त्री थापाले संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कमा गएको रकम सहकारी र मिडियाको फाइल पल्टाउने गरी विशेष समिति बनेको बताउँदै समितिले ठिक ढंगले अनुसन्धान गर्ने बताए । 

थापाले सूर्य दर्शनलगायतका सहकारीहरूहरुबाट  गोर्खा मिडियामा रकम गएको र त्यो रकम एक रुपैयाँ गएको  भएपनि   गैरकानूनी हुने बताउँदै गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन गर्न समिति गठन भएकोले अब शंका गर्नुपर्ने ठाउँ नभएको बताए । 

‘यो समितिले सहकारीको खाता पनि पल्टाउँछ,’ थापाले भने, ‘गोरखा मिडियाको खाता पनि पल्टाउँछ । गोरखा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी राईदेखि सबै जोडिएका व्यक्ति  बोलाएर छानबिन गर्नेमा आफुहरु ढुक्क रहेको बताए ।

सहकारी ठगीबारे छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य बहादुर थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भइसकेको छ । समितिको बैठक पनि बुधबार नै बसेर काम अगाडि बढाउन लागेकोले समितिले सदनलाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा कांग्रेस पार्टी  ढुक्क रहेको थापाले बताए ।

यसअघि महान्यायाधिवक्ता दिनमणि पोखरेलले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको प्रमाण नभेटिएको, सफाइ पत्र दिएको भन्दै कांग्रेस लगायत प्रतिपक्ष दलहरुले उनको चर्को विरोध गर्दै आएका थिए । 

थापाले कांग्रेस सांसदले विदेशीलाई सूचना बेचेको भन्ने आरोप सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिनुपर्ने र नदिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । थापाले सरकार धेरै समय टिक्ने नदेखिएको बताउँदै प्रधानमन्त्रीले जनताको समस्या भन्दा आफु प्रधानमन्त्री पदमा रहिरहने चिन्ता बढी लिने गरेको दाबी गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise