२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

सेना परिचालनको निर्णय लिन मन्त्रिपरिषद् बैठक जारी

shivam cement
२०८२ मंसिर ५ गते १४:३५
Shares
सेना परिचालनको निर्णय लिन मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं : दिउँसो २ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । 

सोमबार र बिहीबार नियमित बस्ने बैठक यसपटक क्रमशः मंगलबार र शुक्रबार सारिएको छ । बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकाले मन्त्रिपरिषद् बैठक पछि सरेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । 

बैठकले आगामी प्रतिनिधिसभा चुनावका लागि सेना परिचालन गर्ने निर्णय गर्ने तयारी गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले निर्वाचन सुरक्षित, निष्पक्ष र भयरहित बनाउन संविधानको धारा २६६ (१) अनुसार सेना परिचालन गर्न सिफारिस गरेको थियो । 

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले शान्ति सुरक्षामा विशेष ध्यान दिँदै सेना छिट्टै फिल्डमा उतार्ने तयारी गरेको छ । एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ पारित भइसकेको छ र सेना परिचालनका लागि आवश्यक पत्राचार पनि भइसकेको छ । 

भदौ २३–२४ को जेनजी आन्दोलनपछि सुरक्षा अवस्था सामान्य नभएको भन्दै राजनीतिक दलहरूले सरकारलाई आलोचना गरिरहेकाले यसपटक असामान्य सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सेना परिचालन गर्न लागिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर