
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनअघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने चेतावनी दिएका छन् ।
सभापति शेरबहादुर देउवासँग शुक्रबार भएको भेटमा उनीहरूले नियमित वा विशेष, जुनसुकै माध्यमबाट भए पनि नेतृत्व परिवर्तनका लागि चुनावपूर्व महाधिवेशन आवश्यक रहेको बताएका हुन् ।
देउवा पक्षका २८ केन्द्रीय सदस्यले पनि यही माग राख्दै सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुवै महामन्त्रीसँग महाधिवेशनको कार्यतालिका छिटो ल्याउन आग्रह गरेका छन् ।
कांग्रेसभित्र चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने विषयमा विवाद चुलिँदै गएको छ । यसबारे निर्णय भोलि दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।