
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन विवाद समाधान गर्न पार्टीका पदाधिकारी छलफलमा जुटेका छन् । आगामी फागुुन २१ को निर्वाचन अगाडि वा पछाडि गर्ने भन्ने उत्पन्न विवाद समाधान गर्न उनीहरू छलफलमा जुुटेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी विवाद समाधानका लागि छलफल गरिरहेका छन् ।
महाधिवेशनबारे देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरू अहिले अनौपचारिक छलफलमा रहेको महतले जानकारी दिएका छन् । उनले भने, ‘यतिबेला कार्यवहाक सभापति खड्कासहित दुुई महामन्त्रीज्यूूले छलफल गरिरहनुुभएको छ । महाधिवेशन विवादको निकास केही दिनमै आउँछ, यसका लागि भोलि बैठक बस्छ ।’
गत असोज २८ गतेयता जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन सम्बन्धमा दुई प्रस्ताव पेस गरिएको छ । कात्तिक १९ गतेको महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए ।
त्यसैदिन गगनको प्रस्तावलाई काउन्टर दिँदै सह–महामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।