२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

अशोक राई नेतृत्वको जसपा फुट उन्मुख 

shivam cement
२०८२ मंसिर ५ गते १९:५९
Shares
अशोक राई नेतृत्वको जसपा फुट उन्मुख 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीचको एकता अन्तिम चरणमा पुुगेको छ । 

अध्यक्ष अशोक राई एकताको विपक्षमा छन् । तर पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एकताका लागि पहल गरिरहेको स्रोत बताउँछ । श्रेष्ठ, कार्यकारिणी सदस्य परशुराम बस्नेत, रणध्वज कन्दङवा लगायत नेताहरू नेकपासँगको एकताका लागि आन्तरिक गृहकार्यमा छन् ।

अध्यक्ष राईले नेकपासँग एकता वार्ता, संवाद नगर्न चेतावनी दिएका छन् । उनले एकतामा जाने तयारी गरेका नेताहरूलाई बोलाएर निरन्तर छलफल गरिरहेका छन् । उनी पहिचानवादी शक्तिहरूसँग मोर्चाबन्दी वा गठबन्धन गरेर अगाडि बढ्नपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता श्रेष्ठले एकता वार्ता अगाडि बढिसकेको भन्दै अध्यक्षसँगको छलफल सार्थक नभएको बताउँछन् । राईको साथमा तराई मधेसका नेताहरू उभिएका छन् । 

जसपा उपमहासचिव प्रदीप यादवले पार्टीले राखेको मुद्दामा नेकपा सहमत भए एकतामा जान सकिने बताएका छन् । उनले भने, ‘हामीले राखेका र उठाएका मागमा नेकपा पूर्णसहमत छ भने हामी एकताकै पक्षमा छौं ।’

नेकपासँगको एकतालाई लिएर जसपा फुट उन्मुख छ । अध्यक्ष अशोक राई एकताको विपक्षमा छन् भने वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ एकताको अन्तिम चरणमा छन् ।

ADV

सम्बन्धित खबर