२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर ५ गते २०:५०
Shares
कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

दोहा, कतार : कतारमा रहेका दर्जनौं जिल्ला संस्थाहरू मध्यको एक जिल्ला संस्थाले ऐतिहासिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

बाग्लुङेहरुको साझा सामाजिक संस्था बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेसँगै यो ऐतिहासिक रक्तदान कार्यक्रम बनेको छ । 

नेपाली रक्तदाता संघ, कतारको समन्वयमा हमाद अस्पतालमा बिहान ८ बजे अक्षयकोषका अध्यक्ष सन्तोष पौडेलले रक्तदान गर्दै सुरु भएको कार्यक्रम मध्यान्ह सम्म चलेको थियो । रक्तदान केवल परोपकारी मात्र नभई जीवन बचाउने महान् कार्य भएको हुँदा रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष तथा अन्तिम रक्तदाता नीराजन गौतमले  बताए । गौतमले करिब २ दर्जन भन्दा बढी व्यक्तिहरू रक्तदान गर्नबाट वञ्चित रहेको बताए ।

रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा रक्तदान गर्ने सबैलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा एनआरएनएका विभिन्न अभियन्ता, व्यवसायी, समाजसेवीहरु, कतारमा स्थापित संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसहित करिब साढे तीन सय नेपाली र विदेशीहरूको उपस्थिति रहेको थियो । रक्तदाताहरूलाई समाजले कदर पत्रद्वारा सम्मान गरेको थियो ।

सम्बन्धित खबर