
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन् ।
सो पार्टीद्वारा आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गरे । उनले पार्टीको भ्रातृ संगठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट पारे ।
पार्टीका महासचिव शंकर पोखरेलले संविधान र लोकतन्त्रकाको सुदृढीकरणका लागि एमाले निरन्तर क्रियाशील रहने बताए ।
त्यस अवसरमा पार्टीका वाग्मती प्रदेश कमिटीका इञ्चार्ज डा.राजन भट्टराई, सचिव नवराज सिलवाललगायत वक्ताले पार्टीको जनपरिचालनको उद्देश्यबारे चर्चा गरेका थिए ।